ताजा समाचार

माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणाः मन्त्री जवेगु

उर्लाबारी ३ माघ ।  सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले अधिकतम सहमतिमा माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन्। मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले आज बिहान आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री जवेगुले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताए। देशमा राजनीतिक उपलब्धि हासिल भइसकेकाले अब देशलाई आर्थिक क्रान्तिमा लैजानुपर्ने उनले धारणा राखेका थिए। उर्लाबारी–मधुमल्ला हुँदै पाँचथरको रवीसम्म जोडिने सडकखण्ड निर्माणका लागि विशेष पहल गर्ने राज्यमन्त्री जवेगुले आश्वासन दिए। सो क्रममा उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत)ले यस क्षेत्रमा रहेका उद्योगी तथा व्यापारीको समस्या राज्यमन्त्री जवेगुसमक्ष प्रस्तुत गरेका थिए। रासस 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org