ताजा समाचार

विश्व भविष्य ऊर्जा सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री दाहाल स्वदेश फर्कदै

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदैं हुनुहुन्छ । यूएईको अवुधवीमा विश्व भविष्य ऊर्जा सम्मेलनमा सहभागी हुन गत शनिबार यूएई गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लाग्नुभएको हो । प्रधानमन्त्री दाहाल अपरान्ह ४ वजे इत्तिहाद एयरबाट स्वदेश फर्कनुहुने उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले विशेष वक्ताका रुपमा सम्मेलनलाई हिजो सम्वोधन गर्नुभएको थियो । सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गर्नुभएको छ । दक्षिण एसियाकै माग पुरा गर्ने उर्जाको सम्भावना नेपालमा रहेको भन्दै प्रधानमन्त्री दाहालले लगानीको पुर्ण प्रतिफल दिलाईने आश्वासन समेत अन्तराष्ट्रिय समुदायलाई दिनुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org