ताजा समाचार

मोर्चासँग सहमति गरी निर्वाचन मिति घोषणा हुन्छ : निधि

वीरगन्ज  ४ माघ ।  कार्यवहाक प्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्सा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने दाबी गरे । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सत्तारुढ दलका शीर्ष नेताहरुले निर्वाचन मिति घोषणाका लागि मधेसी मोर्चासँग छलफल गरेका थिए । तर, मोर्चाले संविधान संशोधन विधेयक संसदबाट पारित गरेर मात्रै निर्वाचनमा जान सकिने बताएको थियो ।

एक प्रश्नको उत्तरमा उनले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए ।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद् रामेश्वर रौनियारले पोखरियामा सेवा केन्द्र हुनुपर्ने माग गर्दै मन्त्री निधिलाई ज्ञापनपत्र बुझाएका थिए । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org