ताजा समाचार

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा जनमत बनाउन नयाँ शक्तिले सुरु ग¥यो हस्ताक्षर अभियान

 

काठमाडौं, ५ माघ । नयाँ शक्ति नेपालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि दवाव दिन हस्ताक्षर अभियान शुरु गर्ने भएको छ ।
अभियानको उद्घाटन आज पार्टीका संयोजक डा.बाबुराम भट्टराईले गर्नेछन् । नयाँ शक्ति नेपालको केन्द्रीय कार्यकारीणी सदस्य अरुणा रायमाझीका अनुसार दिउँसो बजेर ३० मिनेट जाँदा पार्टी संयोजक भट्टराईले यो अभियानको उद्घाटन गर्नेछन् ।

यो अभियानसँगै घर–घरमा नयाँ शक्ति अभियानको पनि शुरु हुने उनले बताइन् । अभियान ६ महिनाको हुनेछ ।

नेत्री रायमाझीका अनुसार,
–प्र्र्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि दवाव दिन नयाँ शक्तिले यस्तो अभियान थालेको हो ।
–कम्तीमा १० लाख हस्ताक्षर संकलन गरिनेछ ।
– पूर्ण समानुपातिक सदनको पक्षमा जनमत बनाइनेछ ।
–महिला हिंसा लगायतका सामाजिक मुद्दा पनि उठाइनेछ ।
–भ्रष्ट्राचार विरुद्धको आन्दोलन पनि हो ।
–नयाँ शक्तिको मंसिर ६ देखि ८ सम्म बसेको वैठकले यस विषयमा निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org