ताजा समाचार

नयाँ शक्ति नेपालको चुनाव चिन्ह “आँखा”

काठमाडौं, ६ माघ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको दल नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा बनाउने भएको छ । यसअघि तारा चिन्ह बनाउने बताएको नयाँ शक्तिले सो नपाएपछि आँखा बनाउने तयारी गरेको हो । तारा चिन्ह अर्कै दलका नाममा दर्ता भएका कारण समस्यामा परेको सो पार्टीले यसबीचमा चुनाव चिन्हलाई लिएर आन्तरिक बहस चलाएको थियो । बहसबाट आँखा चिन्ह बनाउनेमा सहमति जुटेपछि आज पार्टीको राजनीतिक समितिको बैठक बसेर औपचारिक निर्णय गर्न लागेको पार्टीका प्रचार बिभाग प्रमुख खिमलाल देवकोटाले जानकारी दिनुभयो । निर्णय लगत्तै नयाँ शक्तिले नयाँ चिन्ह दर्ता गरिदिन निर्वाचन आयोगमा निवेदन दिने उहाँले जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org