ताजा समाचार

दल दर्ता खारेज भएको पार्टीका सांसद मन्त्री बन्दै

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले दल खारेज गरेका पार्टीका अध्यक्ष एवम् सांसद प्रेमबहादुर सिंहलाई मन्त्री नियुक्त गर्न लागेका छन् । प्रधानमन्त्री दाहालले विहिबार उनलाई सपथ खुवाउने तयारी गरेका छन् । निर्वाचन आयोगले दल दर्ता खारेज भएका पार्टीका सांसदलाई मन्त्री बनाउन नहुने बताइरहेका बेला प्रधानमन्त्री प्रचण्डको मन्त्री बनाउने चर्चाले सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । उनलाई खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org