ताजा समाचार

रेडियो नेपालको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं ६ माघ । रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्की नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। कार्कीले यसअघि नै रेडियो नेपालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। 

यस्तै बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए। यसैगरी बैठकले प्राविधिक सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा बढुवा गरेको छ।

यस्तै कानुन मन्त्रालयका सहसचिव राजिव गौतमलाई सचिवमा बढुवा गर्ने निर्णय बैठकले गरेको मन्त्री कार्कीले बताए। बैठकले विश्व बैंकले दिने १६ अर्ब ३७ करोड  रुपैयाँ ऋण सहायत स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org