ताजा समाचार

पत्रकार नेपाललाई स्वतन्त्र सेनानी पत्रकारिता सम्मान

पाँचथर/पत्रकार किशोर नेपाललाई पत्रकार महासंघ पाँचथरले ‘स्वतन्त्र सेनानी पत्रकारिता सम्मान २०७४’ प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको महासंघको बैठकले यो निर्णय गरेको हो । महासंघले यो सम्मान गणतन्त्र दिवसको अवसर पारेर २०७४ जेठ १५ गते नेपाललाई प्रदान गर्ने पनि बताएको छ । यो सम्मानको राशि २२ हजार  दुई सय २२ रुपैयाँ रहेको छ । चार दशकभन्दा बढी समय पत्रकारितामा बिताएका नेपालका साहित्यिक पुस्तक पनि रुचाइएका पुस्तकमा पर्छन् । सरल र स्पष्ट भाषाका कारण विशेष पहिचान स्थापित गरिसकेका नेपालका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org