ताजा समाचार

स्वीट्जरल्यान्डका राजदुत फ्रिडेन महोत्तरीमा रमाए

महोत्तरी ७ माघ ।  नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत योर्ग फ्रिडेनले महोत्तरीको विभिन्न स्थानको अवलोकन गरेका छन्।  बिहीबार महोत्तरीको गौशाला नगरपालिकामा स्थानीयवासीले सञ्चालनमा ल्याएको मसलाको पातबाट तेल निकाल्ने प्रविधिको अवलोकन गरे। गौशाला नगरपालिका–१० का अन्जनीकुमार बछारले प्रयोग गरेका आधुनिक प्रविधिद्वारा मसलाको पातबाट तेल निकाल्ने प्रविधिको राजदूतले स्थलगत अवलोकन गरेका हुन्। यो सुगन्धित तेल सावुन बनाउने तथा औषधिका रुपमा पनि प्रयोग हुन्छ। स्वलगानीमा बछारले आफनै घरमा सञ्चालन गरेको सो प्रविधिको अवलोकन गर्ने क्रममा हर्षित हुँदै उनले यसरी नेपालीहरुको घरघरमा व्यवसाय सञ्चालन गरे नेपालमा आर्थिक क्रान्ति सम्भव हुने प्रतिक्रिया दिए । अन्जनीले गरेको मेहनतको राजदूत फ्रिडेनले प्रशंसा गरेका थिए। त्यस्तै, राजदूत फ्रिडेनले बिहीबार विहान सुन्दरपुरमा निर्माणाधीन कन्तवाँ पुलको समेत निरीक्षण गरे। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org