ताजा समाचार

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा माकाजु

काठमाडौं,७ माघ ।  काठमाडौं विश्वविद्यालयको उपकुलपततिमा प्राध्यापक डा. रामकण्ठ माकजु नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बिहान माकजुलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

माकजु दोस्रो कार्यकालका लागि उपकुलपति बनेका हुन् । माकजुको चार वर्षे कार्यकाल गत मंसिर २६ गते सकिएको थियो ।

उपकुलपतिको नाम सिफारिस गर्न गठन गरिएको छनोट समितिले दुई साताअघि माकजुसहित पाँच जनाको नाम प्रधानमन्त्रीलाई बुझाएको थियो । छनोट समितिमा शिक्षामन्त्री धनीराम पौडेल, विश्वविद्यालयकै पूर्व उपकुलपति सुरेशराज शर्मा तथा सिनेट सदस्य दमननाथ ढुंगाना थिए ।

समितिले विश्वविद्यालकै रजिष्ट्रार भोला थापा, पूर्व रजिष्ट्रार भद्रमान तुलाधर, पूर्व डीन मनप्रसाद वाग्ले तथा विश्वविद्यालयकै वायोटेक्नोलोजी विभागका प्रमुख जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org