ताजा समाचार

ब्राउन सुगर सहित २ जना प्रकाउ

सुर्खेत ७ माघ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अबैध लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बीरेन्द्रनगर नगरपालिका वडा न.६ का वर्ष २९ का श्याम गुरुङ र वीरेन्द्रनगर ६ कै १९ वर्षे कपिल रानालाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
प्रहरीले बुधबार राति ९ बजे वीरेन्द्रनगर १३ को सुब्बाकुना चेकपोष्टबाट उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । सडकमा शंकाष्पद रुपमा हिडिरहेको अबस्थामा उनीहरुलाई खानतलास गर्दा उनीहरुको साथबाट ७ पुरिया (१ ग्राम ८४० मिलिग्राम ) ब्राउनसुगर फेला परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ब्राउनसुगर सहित रंगे हात पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org