ताजा समाचार

मलेसियामा मृत्यु भएका भक्तबहादुरको परिवारलाई सहयोग हस्तान्तरण


जाजरकोट ९ माघ । वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएकाको परिवारलाई जाजकोटमा राहत सहयोग गरिएको छ । दुई वर्ष पहिले मलेसियामा मृत्यु भएका टालेगाउँ २ जाजरकोटका भक्तबहादुर नेपालीका परिवारलाई सूर्य लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड काठमाडौं राहत प्रदान गरेको छ । जाजरकोटको सदरमुकाम खंलगामा शुक्रवार एक कार्यक्रमको आयोजना गरी भक्तबहादुरको परिवारलाई ६ लाख ७७ हजार ३ सय ५६ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

नेपालीको दुई वर्ष पहिले मलेसियामा मृत्यु भएको थियो । मृत्यु भएको लामो समय सम्म पनि घरमा कुनै जानकारी नहुँदा नेपालीको सब दुई वर्षसम्म मलेसियामै थन्किीएको थियो । नेपालीको मृत्यु भएको खवर पाएपछि परिवारले सरकारको पहलमा उनको सबलाई गत मसिंरमा मात्र गाउँमै दाहासस्कार गरेको थियो ।

मृतक नेपालीका ३ वर्षीय छोरा विकास नावालक भएकोले मृतककी आमा धनसरा कामीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । विकासकी आमा डिलसरा नेपाली भने गत श्रावणमा दोस्रो विवाह गरि सकेकी छन् । आमाले दास्रो बिवाह गरेर अर्कैसँग गएपछि तीन वर्षीय बालक विकास नेपाली ७१ वर्षकी वुढी हजुर आमाको संरक्षणमा वस्दै आएका छन ।

मृतकको छोरा नावालक भएकाले उनकी हजुर आमा धनसरा कामीलाई सहयोग हस्तान्तरण गरिएको सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड जाजरकोटका प्रमुख निराजन शर्माले जानकारी दिए । “विकास १६ वर्ष भए पछि उपयोग पाउनेछन् ,हजुर आमाको संरक्षकत्वमा विकासको नाममा नेपाल बैंक जाजरकोटमा खाता खोलिएको छ , विमा वापत पाएको सबैरकम त्यसैमा जम्मा हुन्छ ।”उनले भने ।

भक्त बहादुर नेपालीको मृत्यु दावी विमा वापत ५ लाख, आय नोक्सानी वापत १ लाख, क्रिया खर्च वापत ५० हजार , सव ल्याउने वापत २७ हजार ३ सय ५६ गरि ६ लाख ७७ हजार ३ सय ५६ रुपैया हस्तान्तरण गरिएको शर्माले वताए । २०७१ माघ १० गते मृत्यु भएका भक्तबहादुर वैदेशिक रोजगारीका लागी जेपी मेनपावर कम्पनी गौरीधारा काठमाडांै मार्पmत् २०७१ साल अषाढमा मलेसिया गएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org