सार्क र बिमस्टेक बैठक यही माघमा हुँदै, सामाजिक–आर्थिक विकासका प्रगति समीक्षा गरिने
काठमाडौँ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) बैठक यही माघ महिनामा काठमाडाैंमा हुने भएका छन् ।
क्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकको अध्यक्ष नेपालले यही माघ १९ र २० गते सार्क कार्यक्रम समितिको र २३ देखि २५ गतेसम्म बिमस्टेकका तीन तहका बैठक आयोजना गर्न लागेको हो । हरेक वर्ष कम्तीमा कार्यक्रम समितिका दुईवटा बैठक हुनुपर्ने सार्कको प्रावधानअनुसार सदस्य मुलुकका सहसचिव सम्मिलित ५३ औँ बैठक हुन लागेको परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी माघ २३ गते बिम्स्टेकको सत्रौँ संयुक्त कार्यदल, २४ गते सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र २५ गते सदस्य देशका विदेश मन्त्रालयका सचिवको सत्रौँ बैठक निर्धारण भएको उनले बताए।
सार्क सचिवालय सञ्चालनलगायत बजेटसँग सम्बन्धित विषयमा कार्यक्रम समितिको ५३ औँ बैठक केन्द्रित हुने जानकारी दिँदै उनले बिमस्टेक बैठकमा बिमस्टेकले प्राथमिकता तोकेका सामाजिक–आर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिने पनि जानकारी दिए ।
पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नभएको नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो । बिमस्टेकको चौथो शिखर सम्मेलन यसै वर्ष नेपालले आयोजना गर्ने सन्दर्भमा तीन तहका बिमस्टेक बैठक राजधानीमा हुन लागेका हुन् ।
सार्क कार्यक्रम समितिको बैठकमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलङ्काका अधिकारीले सहभागिताको सुनिश्चितता गरिसकेका छन् ।
त्यसैगरी, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्याण्ड र श्रीलङ्काका अधिकारीले पनि बिमस्टेक बैठकमा भाग लिने निश्चय भइसकेको छ । बिमस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ ।
Comments
अरु समाचार
-
सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। पछिल्लो समय सुनको भाउ घट्ने बढ्ने क्रम जारी छ।साताको पहिलो दिन...
-
व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी, ढुवानीको सुविधा नहुँदा कृषकलाई समस्या
काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका...
-
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
काठमाडौँ : तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक...
-
अमेरिकी राष्ट्रपतिमा ट्रप निर्वाचित भएसँगै सुनको मूल्यमा ठूलो गिरावट
काठमाडौं। सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १...
-
कोप–२९ : नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण
काठमाडौं । आगामी कात्तिक २६ गतेदेखि मंसिर ७ सम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि...
-
सुनको मूल्य बड्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तोलामा तीन सय रुपैयाँले बढेर...
-
भुइँकटहर खेतीबाट वार्षिक १५ लाख आम्दानी
काठमाडौं । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका...