ताजा समाचार

वैदेशिक रोजगारीमा जानेको बीमा रकम दोब्बर हुने

काठमाडौं ११ माघ। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमा २० लाख बनाउने घोषणा गर्न लागेका हुन् ।

अहिलेसम्म विदेश जाने कामदारको बीमा १० लाख बराबरको जीवन विमा हुने गरेको छ ।

सरकारको नयाँ घोषणापछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको परिवारले साढे ३० लाखसम्म क्षतिपूर्ति पाउने छन् ।

अहिले वैदेशिक कल्याणकारी कोषमार्फत मृतकका परिवारले ३ लाख पाउँदै आएको छ । यसलाई ७ लाख पुर्‍याउने यसअघि नै घोषणा भइसकेपनि नियमावली संशोधन नहुँदा कार्यान्वयनमा आउन सकेको छेन । यो छिट्टै कार्यान्वयनमा आउने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ ।

बीमा कम्पनीले शव ल्याउन र काजक्रियामा साढे ३ लाख रुपैयाँ पनि दिँदै आएको छ । यो रकम बीमाको १० लाख बाहेकको हो । अब बीमा रकम दोब्बर बनाएपछि पीडित परिवारले साढे ३० लाखसम्म राहत पाउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org