ताजा समाचार

सरकारी वकिल आजदेखि काममा फर्कने

काठमाडौँ, माघ १२ गते ।  उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत् सरकारी वकिल बुधबारदेखि काममा फर्कन सहमत भएका छन् ।
मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की, कानुन तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक, महान्याधिवक्ता रमणकुमार श्रेष्ठ, न्यायपरिषद्का सदस्य
रामप्रसाद सिटौला र पदम वैदीबीच छुट्टाछुट्टै वार्तापछि सरकारी वकिलले बुधबारदेखि काममा फर्कन सहमत भएका हुन् ।
न्यायाधीश नियुक्त गर्दा सरकारी वकिललाई प्राथमिकता दिनेलगायतका सहमतिपछि बुधबारदेखि उनीहरू काम सुरु गर्न सहमत भएका हुन् ।
उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त हुँदा सरकारी वकिलबाट जम्मा एकजना मात्रै परेको भन्दै सरकारी वकिलले त्यसप्रति असन्तुष्टि जनाउँदै आइतबारदेखि सर्वोच्च अदालतलगायत देशभरि नै काम बहिष्कार गर्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org