ताजा समाचार

प्रहरीका ३९ जना एसएसपीको सरुवा [सूचीसहित]

काठमाडौं  १३ माघ ।  गृह मन्त्रालयले नेपाल प्रहरीका ३९ जना प्रहरी बरिष्ठ उपरिक्षक ‘एसएसपी’हरुको सरुवा गरेको छ । बुधवार राती अबेरसम्म गृहमन्त्रालयमा बसेको मन्त्रिस्तरीय बैठकले लामो समयदेखी रोकिएको एसएसपी सरुवाको गाँठो फुकाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा छविलाल जोशी आएका छन् । यसअघी उनी अञ्चल प्रहरी कार्यालय धौलागीरीमा कार्यरत थिए । विक्रम सिंह थापाले अनिवार्य अवकास पाएपछी काठमाडौंको प्रहरी प्रमुखको पद खाली थियो ।छ । महानगरीय अपराध महाशाखामा दिनेश आमात्य आएका छन् । यसअघी महाशाखामा कार्यरत सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।

यस्तै बाग्मती अञ्चल प्रमुखममा पुष्पचन्द्र रन्जित, अञ्चल प्रहरी कार्यालय नारायणीमा सुर्य उपाध्याय, अञ्चल प्रहरी कार्यालय लुम्बिनीमा दिपक थापा, कोशीमा उत्तम कुमार कार्की, मेचीमा पिताम्बर अधिकारी र अञ्चल प्रहरी कार्यालय सगरमाथामा बलराम शर्मा पौडेललाई पठाईएको छ । महानगरीयप प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता एसएसपी शरद चन्दलाई बुटवल तालिम केन्द्रमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org