तीनै तहको निर्वाचनमा तयार हुन प्रहरी बललाई निर्देशन
पोखरा, १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति सुरक्षा र अमनचयन राख्न सफल बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सङ्गठनलाई समयानुकूल स्रोत साधनसम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने बताउनुभयो ।
सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी बल सक्षम रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले संविधानको कार्यान्वयनका लागि देशमा निकट अवस्थामा हुने तीन वटै तहको निर्वाचनमा तयार हुन प्रहरी बललाई निर्देशन गर्नुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको बताउँदै देशको समृद्धि, सुशासनका साथै राष्ट्रिय अखण्डता जगेर्नाका लागि सशस्त्र प्रहरीको भूमिका अझै महत्वपूर्ण हुने छ भन्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रको बृहत्तर हित र जनताको सुरक्षाका लागि प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै बढ्दो सुरक्षा चुनौतीको सामनाका लागि राज्यका सबै सुरक्षा निकायबीच सहयोग र समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।
सो अवसरमा सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम लिने क्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सशस्त्र प्रहरी अधिकृतलाई सम्मान गरिएको थियो । प्रहरी बल महाविद्यालय पोखराका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्रमान श्रेष्ठले सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा २५ अधिकृतले ५४ हप्ता अवधिको तालिम हासिल गरेको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन
काठमाडौं । उपत्यकावासीले दशैँको अघि नै मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...