अदालतको आदेशविरुद्ध ट्रम्पले गरेको अपिल खारेज
काठमाडौं, २३ माघ। विभिन्न मुलुकमाथि यात्रा प्रतिबन्ध नलगाउन संघीय अदालतले दिएको आदेशविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको अपिल खारेज भएको छ । संघीय अदालतले विभिन्न मुलुकका नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्धको निर्देशन निलम्बन गर्ने आदेश दिएपछि सो निर्देशन पुनस्र्थापित गर्नै माग गर्दै ट्रम्पले अदालतमा अपिल गर्नुभएको थियो ।
सो अपिल असंवैधानिक र विभेदकारी भएको भन्दै अदालतले खारेज गरेको हो । आदेश निलम्बन विरुद्ध कानुन मन्त्रालयले दर्ता गरेको अपिलमा राष्ट्रपति ट्रम्पसहित आन्तरिक सुरक्षा मन्त्री जोन केली र विदेशमन्त्री रेक्स टिलेर्सनले निवेदन दिएका थिए ।
मुलुकको आन्तरिक सुरक्षाका लागि सो कदम चालिएको अपिलमा उल्लेख छ । ट्रम्प प्रशासनले गत साता विभिन्न ७ वटा इस्लामिक मुलुकका नागरिक तथा अन्य मुलुकका शरणार्थीलाई अमेरिका भ्रमणमा तत्काललाई प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।
सो निर्देशनको बिरोध गर्दै अमेरिकाका विभिन्न शहर तथा अन्य मुलुकमा पनि प्रदर्शन भइरहेको छ । ट्रम्पको सो निर्देशन जारी भएपछि करिब ६० हजार भिसा रद्द भइसकेको बीबीसीले उल्लेख गरेको छ । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत यात्राप्रतिबन्धको कदम विरुद्ध आदेश दिने न्यायाधीश रोबर्टको आलोचना गर्दै आफ्नो निर्देशन लागु गराएरै छोड्ने उल्लेख गर्नुभएको छ ।
Comments
अरु समाचार
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...












