ताजा समाचार

कृषिमा महिलाको सक्रियता बढ्यो

सुर्खेत, २४ माघ । सुर्खेतको विद्यापुरका महिलाहरु कृषिमा सक्रिय भएका छन् । कृषिबाटै आम्दानी हुने अपेक्षासहित त्यहाँका महिलाहरु कृषिमा सक्रिय भएका हुन् ।

गाउँमा उत्पादन भएका बस्तु घरबाट नगदमा विक्रि हुने भएकोले पनि त्यसैलाई व्यवसायिकरण गर्न महिलाहरु सक्रिय हुन थालेका छन् । विद्यापुर १ र २ का महिलाहरुलाई ध्यानमा राखी पञ्चपुरी सहकारी संस्थाले तालिम दिएपछि महिलाहलाई अझ सहज भएको छ ।
अहिले पनि स्थानीय महिलाहरु विमौसी काँक्रा, सीमि, करेला भेण्डी, फर्सी आदि लगाइरहेको सहकारीका अध्यक्ष गंगाराम घिमिरेले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org