ताजा समाचार

मार्इतिघर मण्डलामा फहराईएको झण्डाको भ्रम र यथार्थ

जन्मभूमिप्रतिको माया, राष्ट्रको प्रगति लगायत समाजका विविध पक्षको विकास चाहानु नै राष्ट्रवाद हो । पछिल्लो समय राष्ट्र र राष्ट्रियताको सावालमा एउटा छुट्टै अस्थित्व र उदेश्य बोकेको जनमत तयार हुँदैछ । ‘नेपाली देशभक्त युवा समाज’ पनि त्यसको प्रतिनिधि संस्था हो । संस्थाले प्रत्येक नागरिकलाई राष्ट्र र राष्ट्रियताप्रति सचेत गराउने उदेश्य राखेको छ । माइतिघर कार्यक्रमलाई त्यसैको एक कडिको रुपमा बुझ्न सकिन्छ ।

समाज र राष्ट्रको लागि विशेष योगदान पुर्याउने तथा राष्ट्र र राष्ट्रियताप्रति माया र सद्भाव कायम राख्ने उदेश्यका साथ स्थापना भएको संस्था ‘नेपाली देशभक्त युवा समाज’ ले माघ १६ गते सहिद दिवसको दिन मार्इतिघर मण्डलामा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहरायो । उक्त झण्डाको लम्बाई १० मिटर, चौडाइ ७.५ मिटर र तौल ७.८३ किलोग्राम रहेको छ । नेपाली इतिहासमा पहिलो पटक, नेपाली जनताले त्यति ठूलो झण्डा प्रत्यक्ष देख्न पाए । त्यसले पनि नेपाली जनतालाई राष्ट्रियताप्रति थप जिम्मेवार बनाउने काम गरेको छ भन्ने पंत्तिकारको बुझाई छ ।
राष्ट्रिय सम्पतिहरुको संरक्षण, राष्ट्रिय जनावर, राष्ट्रिय झण्डाको आफ्नै महत्व हुन्छ । विभुतिहरुप्रतिको सम्मान गर्नु भनेको राष्ट्रियताप्रति जिम्मेवार बन्नु पनि हो । उक्त दिन देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाईयो । विशेष गरी राणासाशन अन्त्य र प्रजातन्त्र स्थापनाको लागि राष्ट्र र जनताको निम्ति ज्यानको आहुति दिएका वीर सहिद ‘प्रजातन्त्र स्थापना पश्चात् बिभिन्न समयमा राष्ट्रिय आन्दोलनमा ज्यान गुमाएका’को सम्झनामा माघ १६ लाई सहिद दिवसको रुपमा मनाउदै आइएको छ ।

वर्षको एक दिनमात्र सहीद गेट खोल्ने गरिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत विभिन्न दलका नेताले सहिदहरूलाई आ(आफ्नै किसिमले सम्झे । प्रधानमन्त्रीले उक्त दिन विहानै सहिदगेट पुगेर उनीहरुको सालिकमा माला लगाइदिएर फर्किए । त्यसै गरी सकियो यो वर्षको सहीद दिवस । प्रत्येक वर्ष सहीदलाई यसरी सम्झनु हाम्रो पूर्व निर्धारित कार्यक्रम नै बनेको छ ।

 

कार्यक्रमको भ्रम

 

माघ १६ गते माइतिघर मण्डलाको झण्डोउलोत्तन कार्यक्रमको प्रमुख अथिति, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र विशिष्ठ अथिति राष्ट्रकवि माधवप्रसाद घिमिरे थिए ।

कार्यक्रम समापन भए पश्चात् विभिन्न व्यक्ति र मिडियाहरुले कार्यक्रमबारे अनेक टिका टिप्पणी गरे । कतिपयले त्यसलाई राजनीतिक रङ्गले रङ्ग्याउने काम गरे भने कतिले नामै नसुनिएको संस्था भएकोले ओलीको जीवनमा आधारित निर्माणाधीन चलचित्र ‘रातो सूर्य’को सुटिङका लागि कार्यक्रमको आयोजना गरिएको समेत लेख्न भ्याए ।

एक अनलाइन मिडियाले आयोजक संस्थालाई ‘एमाले निकट’ सङ्गठन भनेर पनि लेख्यो । सबैले आफ्नै किसिमले टिकाटिप्पणी गरे । तर, आयोजक संस्था कस्तो पृष्ठभूमि भएको संस्था हो, कमैले मात्र बुझ्ने प्रयास गरे । आयोजक संस्था स्वतन्त्र हो । तर, कमैले मात्र स्वतन्त्र संस्था हो भनेर बुझे, किनकी कार्यक्रमको प्रमुख अतिथि थिए, केपी शर्मा ओली ।

झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको पर्सिपल्ट अर्थात् माघ १८ गते नयाँ शक्ति संयोजक डा।बाबुराम भट्टराईले ट्विटर मार्फत् आफ्नो प्रतिक्रिया व्यक्त गरे । उनले लेखे, ‘आमा सबै छोराछोरीकी साझा हुन्छिन् । राष्ट्रिय झण्डा पनि सबै देशवासीको साझा हुन्छ । राष्ट्रिय झण्डाको दलीयकरण नगरौँ । सबैको साझा बनाउँ , सबैले मनन् गरौँ ।’

____________________________________________________

  • पक्कै पनि राष्ट्रिय झण्डा प्रत्येक नेपालीको साझा हो । त्यसलाई दलीयकरण गर्न मिल्दैन । तर, हामिले कयौँ पटक यस्ता आन्दोलन देखेका छौं, जसमा दलको आन्दोलनमा राष्ट्रिय झण्डाको प्रयोग गरिएको देखिन्छ । त्यो सही हो या गलत, म त्यो विषयमा प्रवेश गर्दिन । तर्क गर्दा सबैले आफूअनुकुल गर्ने गरेका छन् । झण्डालाई दलीयकरण गर्न पाईदैन । यदि गर्ने कोसिस गरिन्छ भने त्यो राष्ट्रप्रतिको बेईमानी हो ।

____________________________________________________

त्यस्तै ट्वीटरमा तनहुँका सन्देश आचार्यले लेखे, ‘राष्ट्रिय झण्डोत्तोलनमा नेताको उपस्थिति लाजमर्दो लाग्यो, मुखले जे भनेपनि नेता राष्ट्रबादी हुँदैनन् । त्यसमा राष्ट्कविको उपस्थिति ज्यादै स्वभायमान थियो र पर्याप्त पनि ।’आचार्यले भनेजस्तो नेताहरु राष्ट्रवादी नहुने होईन । तर, उक्त कार्यक्रममा राष्ट्रकविको उपस्थितिलाई मात्र स्वभनीय मान्न पनि सकिन्थ्यो । ओली पूर्व प्रधानमन्त्री मात्र होईनन्, एमाले अध्यक्ष समेत भएको कारण, केही ब्यक्तिहरुले उक्त कार्यक्रमलाई राजनीतिक रङ्ग दिने मौका पाएका हुन् ।

यदि संस्थाले आगामी दिनको कार्यक्रममा एउटै पार्टीको नेतालाई मात्र अतिथिको रुपमा बोलायो भने, सस्थालाई दलको सङ्गठनको रुपमा चित्रण गर्नेहरुको दाबी सही हुन जान्छ । तर, सबै ब्यक्तिहरुलाई पालैपालो राष्ट्रप्रति जिम्मेवार ब्यक्तिहरुलाई अथितीको रुपमा बोलाएर कार्यक्रम गर्दै गयो भने अहिले उक्त संस्थालाई दलको सङ्गठनको रुपमा चित्रण गर्नेहरुले के जवाफ देलान् रु प्रश्न गम्भिर छ ।

त्यस्तो कार्यक्रमलाई कसरी एउटा पार्टीको सङ्गठनको रुपमा बुझियो रु विषयवस्तुको गहिराईसम्म नपुगी समाचार सम्प्रेषण गर्नुले आगामी दिनमा मिडियाप्रतिको जनविश्वास कस्तो रहला रु सोच्नुपर्ने बेला आएको छ । मिडिया भनेको समाजको ऐना मात्र होईन, राज्यको अभिभावक पनि हो । राज्यको अभिभावकले बिषयको गहिराईमा नपुगी भ्रमित समाचार सम्प्रेषण गर्नु कतिको जायज होला ?

 

[लेखक सम्बन्धित संस्थाका सदस्य हुन् ।]

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org