ताजा समाचार

प्याव्सनको अध्यक्षमा पुरीको उम्मेद्वारी

काठमाडौं । विगत २५ वर्षदेखि निजी विद्यालय सञ्चालन गर्दै आएका मोरङका टिकाराम पुरी निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याप्सन) को आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उमेद््वारी घोषणा गरेका छन् ।

सवल, सुदृण र समृद्ध प्याव्सनको संगठन निर्माण र निजी विद्यालयमैत्री शिक्षा नीतिका लागि उनले उमेद्वारी दिएको बताए ।

प्याप्सनको १३ औं महाधिवेशनमा देशभरबाट झण्डै २ हजार २ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

प्याप्सनको अध्यक्षका लागि उमेद्वारी घोषणा गरेका बिराटनगरको एभ्रेष्ट उच्च माविका प्रिन्सिपल पुरीले भने, ‘म प्याप्सनको अध्यक्ष भएपछि निजी बिद्यालयको अहितमा रहेका र भएका नीति तथा नियमलाई हटाउन संघर्ष गर्नेछु ।

उनले न्युज–नेपालसँग भने, ‘मान र प्रतिष्ठाका लागि मात्र होइन म चुनौति र अवसरका रुपमा अध्यक्ष पदमा रहेर निजी विद्यालयहरुको हक र हितका लागि लड्ने छु ।

 

(बिस्तृत कुराकानी केही समयपछि)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org