इन्टरनेट सेवाको अभावमा तथ्याङ्क सङ्कलनमा ढिलाइ
सोलुखुम्बु । गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन् ।
भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन बाध्य भएका हुन् ।
सङ्लकन भएको तथ्याङ्क प्रत्येक दिन कार्यालयमा पठाउनुपर्ने भए पनि इन्टरनेट सेवाको पहुँच र सुविधा नभएकाले गाविसमा खटिएका प्राविधिक सदरमुकाम आउनुपरेको लगत सङ्कलन सम्पर्क कार्यालय सल्लेरी सोलुखुम्बुका सम्पर्क अधिकृत लोकुचाराज दासले बताउनुभयो ।
इन्टरनेटले कार्यक्षेत्रमा काम नगर्दा प्राविधिकले पनि दोहोरो दुःख पाएको उहाँले बताउनुभयो । ‘डाटा अप्लोड’ का लागि जिल्लाको डाँडापारिको गाउँ विकास समिति भनेर चिनिने ‘गोली’ बाट दुई दिन हिँडेर सदरमुकाम आइपुगेको सर्वे इन्जिनियर रामकुमार पाख्रिनले भन्नुभयो, “इन्टरनेटकै समस्याले नियमित काममा बाधा पुगेको छ ।”
इन्टरनेट नहँुदा सङ्कलन गरेको डाटा ट्याब्लेटबाट उड्ने र डिस्प्ले जानेसम्मको समस्या भोग्नुपरेको इन्जिनियर पाख्रिनको दुःखेसो छ ।
प्राविधिक समस्याका कारण काममा ढिलाइ हुनका साथै समयमा डाटा सङ्कलन गर्न कठिनाई हुने जिल्लाका अधिकांश प्राविधिकको गुनासो छ ।
भूकम्प गएको करिब २२ महिनापछि बल्ल तथ्याङ्क सङ्कलनको काम सुरु भएको जिल्लामा इन्टरनेटको समस्याले गर्दा अझ काममा ढिलाई हुने भएको छ ।
सम्बन्धित निकायकै काम ढिलो भएमा पीडितले यसवर्ष पनि सबै प्रक्रिया पूरा गरी घर बनाउन ढिला हुने गुनासो गर्न थालेका छन् । गाउँमा इन्टरनेटले काम नगरेपछि प्राविधिकलाई पनि सदरमुकाम आउन र जानमै अधिकांश समय खर्चनुपरेको छ भने जिल्लाको चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा तथ्याङ्क सङ्कलनको काम नै सुरु भएको छैन ।
यसैगरी, लगत सङ्कलन सम्पर्क कार्यालय सोलुखुम्बुले भूकम्पपीडितको नाम यस अघिको सूचीमा छुटेको भए गाविस सचिवमार्फत टिपाउन भूकम्पपीडितलाई आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...