हाम्रो विकास कस्तो चाहिन्छ ?
भौतिक पूर्वाधार र सेवा क्षेत्रले जनताको जीवनको स्तरोन्नति मात्रै होइन हाम्रो अर्थतन्त्रको उच्च उत्पादकत्व हासिल गर्न पनि योगदान पु¥याउ“छ । समकालीन भूमण्डलीकरणको युगमा आधुनिक पूर्वाधार निर्माणविना हाम्रो अर्थतन्त्रले अन्य मुलुकसित प्रभावकारीपूर्ण प्रतिस्पर्धा गर्न सक्दैन । हरेक देशको आ–आफ्नै विशिष्ट अवस्था अनुरुप नीतिहरु बनाउन आवश्यक रहे पनि केही साझा आधारतत्व भने ध्यानमा राख्नु पर्दछ, जस्तै, घरेलु र वैदेशिक पु“जी दुबैको परिचालन, प्राविधिक र व्यवस्थापकीय सामथ्र्यको सुधार, प्रविधिको स्थानान्तरण र नीजि क्षेत्रको बढ्दो संलग्नता ।
पूर्वी एशियाली राष्ट्रहरु जस्तैः जापान र कोरिया, र हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा पूर्वाधार विकासमा अभूतपूर्व स्तरको उच्च लगानीले ती देशहरुमा तीव्र आर्थिक वृद्धि र सामाजिक आर्थिक रुपान्तरण सम्भव बनाएको छ । पूर्वाधारमा गरिने उच्चतर लगानीले थुप्रै माध्यमद्वारा ती देशहरुको विकासमा योगदान पु¥याएको छ जस्तैः रोजगारी सिर्जना, उत्पादकत्वको वृद्धि, विश्वव्यापी प्रतिस्पर्धा र जीवनस्तरमा सुधार ।
तर, विकसित देशहरु खासगरी पश्चिमा मुलुकहरुले केही शताब्दी लगाएर गरेको पूर्वाधार विकास, हामी जस्तो विकासोन्मुख देशहरुले भने केही दशकभित्रै हासिल गर्नुपर्ने भएको छ । यसकारण पनि यो क्षेत्रमा उच्चतम लगानीको आवश्यकता छ ।
भौतिक पूर्वाधारमा बढ्दो लगानी आवश्यक छ कि छैन भन्ने कुरा अहिले बहसको विषय होइन किनभने यो क्षेत्रमा लगानी बढाउ“दा समाज र अर्थतन्त्रलाई पुग्ने फाइदाबारे हामी सबैबीच मोटामोटी सहमति नै छ । वास्तविक बहस चाही“ पूर्वाधार सेवा उपलब्ध गराउन कसरी पु“जी लगानी परिचालन गर्ने र सदुपयोग गर्ने भन्ने विषयमा हुन जरुरी छ ।
नेपालमा सडक तथा यातायात व्यवस्थाको स्तरोन्नती गर्न अत्यावश्यक छ । केही राजमार्ग र लिंक रोडलाई तीव्र गतिको द्रूतमार्गमा परिणत गर्नुपर्दछ । काठमाडौं–तराई द्रूतमार्गको निर्माणकार्य अविलम्ब सुरु गर्नुपर्दछ । पूर्व–पश्चिम विद्युतीय रेल र अन्य सम्भावित उत्तर–दक्षिण रेलमार्गको निर्माणलाई पनि शीघ्रता प्रदान गर्नुपर्छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र केही ठूला जलविद्युत परियोजनाहरुको निर्माण र कार्यान्वयन अत्यन्त आवश्यक छ । हामीले पूर्वाधार निर्माणको योजनामा उन्नत र नवीनतम प्रविधिहरुको उपयोग गर्नुपर्दछ ।
हाम्रो देशमा सीमित पुं“जीका स्रोतहरु र अपर्याप्त प्राविधिक सामथ्र्य जस्ता समस्याहरु विद्यमान रहेको हुं“दा यी पूर्वाधार परियोजनाका सूचीहरु केही महत्वाकांक्षी देखिनु स्वाभाविक हो । तर हामीले अन्य मुलुकबाट सिक्न सक्छौं । हाम्रो निम्ति ठूलो विडम्बना के हो भने केही वर्षयता एकातिर हामी समक्ष न्यून पु“जी स्रोत छन् भने अर्कोतिर नियमित बजेटद्वारा निर्माण भएका पूर्वाधार परियोजनाहरु पनि कार्यान्वयनमा ल्याउन सकेका छैनौं । हाम्रा उर्जाशील युवा इन्जिनीयरहरु बेरोजगार वा अर्धवेरोजगार छन् ।
तर यी नकारात्मक प्रवृत्तिहरुलाई हामीले उल्टाउनुपर्छ । हाम्रो सामु यी चुनौतिहरुको सामना गर्न केही सम्भावना र अवसरहरु पनि छन् । जस्तै विप्रेशण प्रवाह, जुन वार्षिक ६ अर्ब डलर बराबर हुनेगर्दछ, यसले हामीलाई पु“जीं स्रोत प्रदान गर्दछ । हाम्रो ऋण÷जीडीपी अनुपात तुलनात्मक रुपमा कम छ, ३० प्रतिशत भन्दा कम, यसले पनि हामीलाई घरेलु र वैदेशिक पु“जी परिचालन गर्न केही खुकुलो वातावरण बनाउ“छ ।
हाम्रो विकासको परिकल्पना समावेशी, वातावरणमैत्री र दीगो हुन जरुरी छ । जलविद्युत विकासद्वारा हामीले हाम्रो उर्जा व्यवस्थालाई कार्वनमुक्त बनाउन सक्छौं । यातायात व्यवस्थाको विद्युतीकरणद्वारा हामीले संसारमै नमूना प्रदूषणरहित यातायात व्यवस्थाको स्थापना गर्नसक्छौं ।
मलाई आशा छ कि आगामी दिनहरुमा निजी क्षेत्रले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्नेछ र लगानी परिचालन, परियोजनाहरुको कार्यान्वयन र सेवा सञ्चालनमा अग्रता लिनेछ । यो स“गस“गै वैदेशिक पु“जी आकर्षित गर्न पनि जरुरी छ जसको निम्ति नेपाली निजी क्षेत्रले विदेशी कम्पनीहरुस“ग साझेदारी र संयुक्त कार्यहरु सञ्चालन गर्न भूमिका खेल्न सक्नेछ ।
Comments
अरु समाचार
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...
-
सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?
काठमाडौं । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको...
-
नेपालमा जनसङ्ख्या – ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय (विचार)
काठमाडौं । एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको...
-
ज्येष्ठ नागरिक समाजका जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको...
-
नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’
नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको...
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
१६ औँ योजनाः लक्ष्यमै केन्द्रित दिगो विकास
काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औँ पञ्चवर्षिय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान...
-
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र: सुरक्षाविद् थापा
काठमाडौं । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक...