ताजा समाचार

निर्वाचनको मिति आजै घोषणा हुन्छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन ९प्याब्सन०को १३ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो —संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको छ भन्नुभयो ।

मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा ‘एमाले’ का नेता गङ्गालाल तुलाधरले मुलुकमा गुणस्तरीय शिक्षा आवश्यक भएको बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org