ताजा समाचार

तोकिएको मितिमा निर्वाचन हुनेमा पूर्व प्रधानमन्त्री भट्टराईको शंका

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले तोकेको आगामी बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन नहुने बताएका छन् । पूर्व प्रम डा भट्टराई र नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालबीच आज बिहान भट्टराई निबासमा भएको भेटमा पूर्व प्रम डा भट्टराईले निर्वाचन हुनेमा शंका व्यक्त गरेका हुन् ।
उनीहरुबीच समसामयिक राजनैतिक बिषयमा छलफल भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए । भेटमा परिबर्तनका उपलब्धिहरुको संरक्षण गर्ने तथा संबिधानलाइ थप स्वीकार्य बनाउन आन्दोलनरत दलका मागहरु कसरी सम्बोधन गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org