ताजा समाचार

माओवादीले मधेसी मोर्चालाई भन्यो-‘संविधान संशोधन हुन्छ,आशंका नगर्नुस्’

काठमाडौं १० फागुन । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले मधेसी मोर्चालाई संविधान संशोधनबारे शंका नगर्न आग्रह गरेको छ । मोर्चाले भनेआन्दोलनमा जानु उपयुक्त नभएको प्रतिक्रिया दिएको छ ।

सरकारले सोमबार वैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ । त्यसविरुद्ध मधेसी मोर्चाले दबावमुलक आन्दोलन घोषणा गरेको छ ।

तर, सत्तारुढ माओवादीले भने संविधान संशोधनलाई टुंगोमा पुर्‍याएर निर्वाचन गर्ने सम्झौता र प्रतिवद्धतामा आफू कायमै रहेको बताएको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्‍याएपछि मात्र चुनावको मिति घोषणा गर्दा निर्वाचन आयोगलाई तयारीको समय नपुग्ने भएकाले मात्र अगाडि नै घोषणा गर्नु परेको हो ।संशोधन प्रस्ताव अघि बढ्छ ।’

उनका अनुसार संशोधन प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको छ । र, सम्भवत आजै बैठक बस्नेछ ।

लगतै संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाइने श्रेष्ठले बताए । संशोधनबारे संसदले निर्णय गर्ने भन्दै उनले भने, ‘हामीले सबैसँग कुराकानी गरिहेका छौं र संशोधन पास गराउन प्रयत्न गरिरहेका छौं ।’

उनले अहिले नै मधेसी मोर्चा आन्दोलनमा जानु उपयुक्त नभएको बताए । उनले भने, ‘संशोधन विधेयकलाई एउटा टुंगोमा पुर्‍याएपछि नै निर्वाचन हुने हो । संशोधन प्रस्ताव अघि नबढ्दा कि भन्ने आशंका नगरे हुन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org