ताजा समाचार

संशोधन विधेयक बिरुद्ध खरो उत्रने ९ दलको तयारी

काठमाडौं । नौ राजनीतिक दलहरुले संविधान संशोधन विधेयक संसदमा पेश भए त्यसको विरुद्धमा खरो रुपमा उत्रने निर्णय गरेका छन् ।

व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने तयारी सरकारले गरेको छ ।

त्यसअघि रणनीति बनाउन प्रमुख विपक्षी दल नेकपा एमालेसहित नौ दलको संयुक्त बैठक बसेको थियो । बैठकले संशोधन विधेयकलाई अघि बढाउन नदिने निर्णय गरेको छ ।

यसअघि एमालेसहित ९ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org