ताजा समाचार

संविधान संशोधनमाथि संसदमा छलफल सुरु,एमाले मौन

काठमाडौं १२ फागुन। संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल सुरु भएको छ ।

संशोधनको विरोध गर्दै आएको एमालेले भने ‘एक दिनका लागि’ संशोधनमाथि छलफल गर्न दिएको छ । तर, आफूहरु संशोधनमाथिको छलफलमा भाग नलिने र मौन बस्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

संसदमा कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे ।

लगतै नेमकिपाका सांसदहरुले ‘राष्ट्रघाती संशोधन फिर्ता गर’ भन्दै नाराबाजी गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org