ताजा समाचार

संविधान कार्यान्वयनका लागि दवाब अभियान

सुर्खेत । ‘संविधानको पूर्ण कार्यान्वयन गर’ भन्ने उद्देश्यका साथ सुरु भएको अभियान समापन भएको छ ।

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) ले डेढ महिना अगाडिबाट सुरु गरेको यो अभियान औपचारिक रुपमा आज समापन भएको घोषणा गरिएको हो ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि अभियानको समापन गरिएको वाम संस्थाका सचिव अमृता आचार्यले जानकारी दिइन् ।
संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन छिटो घोषणा होस् भन्ने उद्देश्यले आफूहरुले यो अभियान संचालन गरेको र सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले अहिले अभियान समापन गरेको उनले बताई ।

साथै संविधान कार्यान्वयनका लागि अन्य अभियानहरुलाई निरन्तरता दिने उनको भनाई छ । यस अघि वामको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पटकपटक दवाव स्वरुप धर्ना दिने गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org