ताजा समाचार

बेलायती प्रधानमन्त्री थेरेसा मेरी मेको अभिरुची जान्नुहोस्

– पहिरनमा उनी सचेत छिन् । कपालमा लगाउने काँटादेखि जुत्तासम्ममा उनले ध्यान दिने गर्छिन् । चितुवाको छापअंकित हिल जुत्ता उनले पहिलो पटक लगाएकी थिइन् । त्यसपछि त्यस्तो खालको जुत्ता लगाउने लहर बेलायती महिलामाझ चलेको थियो ।

– जुत्ताको संग्रहमा उनको रुचि छ । नयाँ ठाउँमा जाँदा उनी नयाँ जुत्ता किनेर मात्रै फर्किन खोज्छिन् ।
– फेसनमा उनको गहिरो अभिरुचि छ । फेसन डिजाइनरले तयार पारेको पहिरन मात्रै लगाउँछिन् ।
– फेसनसम्बन्धी पत्रपत्रिका पनि उनी पढ्ने गर्छिन् । फेसनसम्बन्धी म्यागजिन ‘भोग’की उनी नियमित ग्राहक हुन् ।
– राजनीतिपछि उनको अर्को रुचिको विषय भनेको अर्थशास्त्र हो । राजनीतिमा लाग्नुअघि उनी बैंक अफ इंग्ल्यान्डकी कर्मचारी थिइन् ।
– पैदल यात्रामा पनि उनको रुचि छ । पहाडी क्षेत्रमा हाइकिङ गर्न पाउँदा उनी असाध्यै खुशी हुन्छिन् ।
– खाना पकाउनु उनको अर्को सोख हो । उनीसँग सयवटा भन्दा बढी रेसिपीसम्बन्धी किताब छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org