ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष पक्राउ

काठमाडौं १३ फागुन । वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष प्रेम कटुवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टेकुले उनलाई फेसबुकमार्फत दर्जनौं महिलालाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
अधिकांश विवाहित तथा श्रीमान विदेशीएका महिलाहरुलाई फेसवुकबाट विदेशी नागरिकको नामबाट साथी बनाएर उपहार पठाउने नाममा ठगी गरेको खुलेपछि कटुवालसहित उनका अन्य तीनजना सहयोगीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बुधवार पक्राउ परेका कटुवालसहित अन्य तीनजनालाई काठमाडौं प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।

महाराजगञ्जमा ब्लु स्काई ओभरसिज नामक म्याननपावर सञ्चालन गर्दै आएका कटुवाल बल बहादुर तामाङ भन्दा पहिले बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष थिए ।

कटुवालको नेटवर्कमा रहेका व्यक्तिहरुले करिब ६० जना महिलाबाट लाखौं ठगी गरेको पाईएको छ । ठगी गरेको मध्ये करिब २४ लाख नगद कटुवालको बैंक खातमा डिपोजिट गरिएको फेला परेपछि प्रहरीले उनलाई सोधपुछका लागी बोलाएको थियो । सोधपुछका क्रममा आईएमईबाट समेत आफुले रकम लिएको स्विकार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org