ताजा समाचार

संविधान संशोधन प्रस्ताव विरोधी सांसद्लेनै गराए संशोधन दर्ता !

काठमाडौ । सत्तारूढ दलका सांसदद्वारा संविधान संशोधन प्रस्ताव पुन : दर्ता गराएका छन् । उनीहरु केही महिना अघि प्रस्तावको विरोधमा उभिदै आएका थिए ।

सरकारले पाँच नम्बर प्रदेशको सीमांकन परिवर्तन गर्ने गरी संसदमा प्रस्ताव दर्ता गराएदेखिनै त्यसको विरूद्ध उभिदै आएका नेपाली कांग्रेसका तीन सांसदहरू चन्द्र भण्डारी, धनराज गुरूङ र अमरसिंह पुन तथा माओवादी केन्द्रका टोपबहादुर रायामाझीले संशोधन प्रस्तावलाई नै संशोधन गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका हुन् ।

यी चारै जना सांसदहरूले पस्तावित पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्याउन नहुने भन्दै विरोध गर्दै आएका थिए। भण्डारी, रायामाझी र पुन पाँच नम्बर प्रदेशबाट छुट्ट्याएर चार नम्बर प्रदेशमा राख्न प्रस्ताव गरिएका क्रमशः गुल्मी, अर्घाखाँची र रोल्पाका सांसद हुन्। यस्तै गुरूङ चार नम्बर क्षेत्रमा पर्ने कास्कीका सांसद हुन्। भण्डारी र रायामाझी प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पुन र गुरूङ समानुपातिक सांसद हुन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org