ताजा समाचार

राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि एमालेको अभियान सार्थक हुन्छ : अध्यक्ष ओली

काठमाडौँ, १६ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि पार्टीको मेची–महाकाली अभियान सार्थक हुने बताउनुभएको छ ।

पार्टीले राष्ट्रिय स्वाधीनता र सामाजिक सद्भावका लागि यही फागुन २१ देखि चैत ५ गते आयोजना गर्ने मेची–महाकाली राष्ट्रिय अभियानका लागि स्वयम्सेवकका लागि निर्देशन दिँदै उहाँले निर्वाचनमार्फत सङ्क्रमणकालको अन्त्य र स्थिरता, राष्ट्रिय एकता एवम् सामाजिक सद्भावका लागि एमालेका नीति र सोचबारे जनतालाई अवगत अभियान सफल हुने बताउनुभएको हो ।

पार्टीबारे उत्पन्न गरिएका भ्रम अभियानले चिर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो – “यो एउटा यस्तो अभियान हो, जो अभूतपूर्व छ, असाधारण छ, छर्लङ्ग छ, एमालेबाहेक अरुले गर्न सक्दैनन् । यस्तो विचार र सङ्गठन अरुसँग हुँदैन र यो राष्ट्रका लागि गरिएको हो ।”

अभियानको अवधिभर अध्यक्ष ओली र वरिष्ठ नेतासहितको टोली मेची महाकाली पुग्नेछ । अभियानका करिब १० हजार स्वयम्सेवक परिचालन गरेको छ ।

पार्टीका सचिव प्रदीप ज्ञवालीले पार्टीको अभियानमा सामेल भएर राष्ट्रका लागि जिम्मेवार भूमिका निर्वाह गर्न र अभियान व्यवस्थित, प्रभावकारी र सुरक्षित गराउन आग्रह गर्नुभयो ।

अर्का सचिव योगेश भट्टराईले अभियानले संविधान संशोधन प्रस्ताव अनुचित छ र भावनात्मक राष्ट्रिय एकता सिर्जना गर्ने जनाउनुभयो । अभियानका क्रममा ३० स्थानमा आमसभा, झाँकी, प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org