ताजा समाचार

आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउँछ : प्रमुख निर्वाचन आयुक्त

कावासोती, १६ फागुन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।

नेपाल जेसिजले आयोजना गरेको लोम÷लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “विधिको शासन कायम गर्न प्रयास गर्नपरेको छ । अहिले संविधान भए पनि विधिको शासनको अभाव छ ।”

परिवर्तनको आधारशिला युवा नै भएकाले युवाले मतदानलाई आफ्नो अधिकारका रुपमा ग्रहण गर्नुपर्ने प्रमुख आयुक्त यादवको भनाइ थियो ।

“मतदान च्वाइस होइन, ड्युटीका रुपमा बुझ्नुहोस्, यसले नै विधिको शासनलाई सहयोग पुग्छ,” उहाँले भन्नुभयो – “दलको अगुवा युवा नै हो । द्वैध चरित्र देखाउन छोड्नुपर्छ ।”

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि राजनीतिक दलका भ्रातृ संस्था आवद्ध युवालाई जानकारी गराउने काम भइरहेको पनि उहाँले बताउनुभयो ।

निर्वाचन मेनेफेस्टो ‘घोषणा पत्र’ का आधारमा हुन छाडी मनीफेस्टो ‘पैसा’का आधारमा हुने प्रवृत्ति हावी भएकाले यसको अन्त्यका लागि युवाले सक्रियता देखाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा देशभरका जेसिज आवद्ध करिब पाँच सयजना पदाधिकारीको सहभागिता रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org