ताजा समाचार

लोडसेडिङ अन्त्य बिरुद्ध प्राधिकरणलाई एकपछि अर्को अवरोध दोहोरिँदै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नयाँ वानेश्वर सब– स्टेसनमा समस्या आएपछि अहिले त्यस क्षेत्रमा बिजुली आपूर्ति अवरोध भएको छ।
वानेश्वर सब–स्टेसनको इमाडोल–१ भन्ने फिडरमा मंगलबार बिहान केवल पड्किए बनाउने काम भइ रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए। यही केवल गत कात्तिक २६ मा पनि पड्किएको थियो।

एउटै समस्या दोहोरिएर आउन थालेपछि प्राधिकरण व्यवस्थापनले लोडसेडिङ अन्त्य बिरुद्ध योजनाबद्ध प्रहार भएको हुन सक्ने आशंका सहित छानविनको तयारी गरेको छ।

‘एउटै संरचनामा रिपिटेड्ली किन समस्या आइ रहेको छ भन्ने प्रश्न उठेको छ, अधिकारीले भने–यसले उपत्यकाको विद्युकत आपूर्तिमा अप्रत्याशित चुनौती थपिएको छ।’

मौसम लगायत प्राकृतिक अवरोध केही नआउँदा पनि यस्ता समस्या दोहोरिएका हुन्।

केही समय अघि प्राधिकरणको लैनचौर सब स्टेसनमा पनि केबल पड्केको थियो। पछि त्यहाँ बिरालोले सर्ट गराएको बताइयो।

त्यस्तै केही दिन अघि सुनकोशीबाट काठमाडौँ आउने ६६ केभी प्रशारण लाइनको टावर ढलेको थियो। केही मक्किएपछि उक्त टावरमा टेवा ‘सपोर्ट दिने काम हुँदैथियो। वरिपरि जालीरढुङ्गा सबै राखेर फाइनल गर्न लाग्या बेला राती १२ बजे उक्त पोल ढलेको थियो।

सोमबार मात्र प्राधिकरणबाट सिंहदरबारमा बिजुली प्रवाह गर्ने अन्डर ग्राउन्ड केवल जलेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org