ताजा समाचार

राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तुबाट

काठमाडौँ, १७ फागुन । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले यही फागुन २३ गते राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तुबाट प्रारम्भ गर्ने भएको छ ।

महिलालाई आयमूलक सीप प्रदान गरी उत्पादन, बजार र रोजगारसँग जोडने उद्देश्यले सो कार्यक्रम सुरु गर्न लागिएको हो ।

मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले आर्थिकरुपमा महिलालाई सशक्त बनाएर उनीहरुमाथि हुने हिंसा न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने उक्त कार्यक्रम लागू भएपछि वर्षमा चार हजारका अनुपातमा महिलालाई रोजगारमूलक कार्यमा संलग्न गर्न सकिने बताइएको छ । पाँच वर्षभित्र २० हजार महिला लाभान्वित हुनेछन् ।

त्यसैगरी, मन्त्रालयले ज्येष्ठ नागरिक, बालबालिकाको क्षेत्रमा पनि प्रत्येक प्रदेशमा कम्तीमा एउटा ज्येष्ठ नागरिकमैत्री वृद्धाश्रम, बालबालिकाका लागि उद्यान निर्माण गर्ने कार्यक्रम ल्याएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org