अस्पताल विकास समितिबाट छड्के अनुगमन
बझाङ, १७ फागुन । जिल्ला स्वास्थ्य कार्यालय बझाङ र ठेकेदारको लापर्बाहीले सम्झौता विपरीत म्याद गएको औषधिको टेन्डर गरेर औषधि ल्याएको अस्पताल विकास समितिका सदस्य लोकेन्द्रसिंह धामीले बताउनुभएको छ ।
नवनिर्वाचित अस्पताल विकास समितिले जिल्ला स्वास्थ्य कार्यालय माथि औषधि खरिद गर्दा शङ्का लागेपछि जिल्ला अस्पताल बझाङको स्टोरमा औषधिको अनुगमन गर्दा सम्झौता अनुसार औषधि नल्याई मनोमानी ढङ्गबाट १८ महिनासम्म मिति भएको औषधि खरिद गरेर ल्याउनुको साटो तीन महिना मात्र म्याद भएको औषधि टेन्डर गरेर ल्याएको अस्पताल विकास समितिका अध्यक्ष जगतबहादुर सिंहले बताउनुभएको छ ।
उहाँले भन्नुभयो २०७३ साल ८ महिना ३ गते टेन्डर गरेर ३५ लाखको औषधि खरिदको ठेक्का ड्रग सेन्टर धनगढीका प्रोपाइटर हेमन्तकुमार बस्नेतले पाएका थिए ।
नवनिर्वाचित अस्पताल विकास समितिले औषधि खरिद माथि शङ्का लाग्दा छड्के अनुगमन गर्दा जिल्ला स्वास्थ्य कार्यालय र ड्रग सेन्टर धनगढीबीच १८ महिना म्याद भएको औषधि खरिद गरेर ल्याउनुको साटो जिल्ला स्वास्थ्य कार्यालयकै मिलोमतोमा तीन महिनादेखि पाँच महिना म्याद भएको औषधि जिल्लामा भित्र्याउनुमा ठूलो पैसाको चलखेल भएको अध्यक्ष सिंहले बताउनुभएको छ ।
औषधिको बाहिरी कभरको मिति र भित्री औषधिमा राखेको मिति पनि फरकफरक हालेर प्याकिङ गरेको अनुगमन गर्दा भेटिएको छ । औषधि खरिदमा ठेकेदार र डाक्टरको मिलोमतोमा म्याद जान लागेको र म्याद गुजे्रको औषधि जिल्ला स्वास्थ्य कार्यालयमै भेटिँदा कति चलखेल भएको हो भन्ने स्पष्टै रहेको छ ।
जिल्लामा ४७ वटा स्वास्थ्य चौकी र १० वटा सेवा केन्द्र रहेका छन्, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीकै लापर्बाहीले विकट गाउँका हजाराँै जनता औषधिको पहँुचबाट टाढा बसिरहेका छन् ।
जिल्ला अस्पताल जस्तो संवेदनशील कार्यालयमा त यति ठूलो अनियमितता हँुदै आएको छ भने अन्य कार्यालयको अवस्था सहजै थाहा पाउन सकिन्छ । जिल्लाका सरोकारवाला निकायले भने अनुगमन गरे जस्तो गरेर खासै यसमा ध्यान नदिएको जनगुनासो रहेको छ ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...