बिबिसीबाट मिश्रले दिए राजीनामा, यस्तो छ अबको योजना
काठमाडौं । बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पूर्णकालीन राजनीति गर्न बिबिसी छोडेका छन््। उनले केही समयअघि नै दिएको राजीनामा आजदेखि लागू हुँदैछ। राजनीतिमा आउनेबारे उनले आजै घोषणा गर्दैछन्।
बिबिसीमा कार्यरत पत्रकारहरूका अनुसार आज बिबिसीमा मिश्रको अन्तिम दिन हो। मिश्रले केही समय अघिदेखि नै राजनीतिमा आउने कसरत गर्दै आएका थिए। लामो समयदेखि विभिन्न पार्टीका युवा नेताहरू, पूर्वप्रसाशक, स्वतन्त्र बुद्धिजीवीसँग उनले नयाँ पार्टी खोल्नुपर्ने आवश्यकता बारे छलफल गर्दै आएका थिए। मिश्रले नयाँ पार्टी खोल्न युवा नेताहरू गगन थापा, रवीन्द्र अधिकारी, घनश्याम भुसाल लगायतलाई मनाउन धेरै लामो समयसम्म प्रयास गरे। तर, उनीहरू आफ्नै पार्टीमा बसे।
पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग पनि उनले सँगै मिलेर पार्टी खोल्न लामो समयसम्म छलफल चलाएका थिए। पौडेल अहिले चीनका लागि नेपालको राजदूत छन्।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मिश्रलाई आफ्नो पार्टीमा ल्याउन धेरै प्रयत्न गरे पनि उनले नयाँ पार्टीका लागि नयाँ अनुहार चाहिने भन्दै भट्टराईको पार्टीमा जान अस्वीकार गरेका थिए।
अहिले मिश्रसँग टिममा को को छन् भन्ने एकिन छैन। तर, लेखक तथा यातायात अर्थशास्त्री सूर्यराज आचार्य, डा.सरोज धिताल, पूर्वमाओवादी नेता मुमाराम खनाललगायतको टिमले प्रारम्भिक तयारी गरिरहेको मिश्र निकटका मानिसहरू बताउँछन्।
डोटीको सिलगढीस्थित पद्मोदय माविमा ५ देखि ७ र दार्चुलाको खलंगास्थित महेन्द्र माविबाट ८ देखि १० कक्षासम्मको शिक्षा हासिल गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन् । पाकिस्तानको पञ्जाव विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने क्रममा द न्युज इन्टरनेसनल अंग्रेजी दैनिकमा उनले साढे दुई वर्ष काम गरेको अनुभव बटुलेका छन् ।
त्यही क्रममा सन् १९९३ मा पाकिस्तानमा चुनाव भएका बेला बिबिसीलाई चुनावी रिपोर्टिङ गर्ने मौका पाएका रवीन्द्रले पछि बिबिसीमै काम गर्ने अवसर पाए। मिश्रले बेलायतको लन्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर हासिल गरेका छन्।
Comments
अरु समाचार
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...