ताजा समाचार

प्रधानमन्त्री दाहालले आज साँझ देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साँझ देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न लागेका बताए । सम्बोधनमा प्रधानमन्त्री दाहालले देशवासीलाई स्थानीय चुनावमा होमिन आहृवान गर्ने भएका छन् । सरकारले ३१ वैशाखमा स्थानीय तह निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org