ताजा समाचार

पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्ने

कालीकोट, १७ फागुन । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गर्नुभएको छ ।
खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा यहाँ आइपुग्नुभएका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई पनि स्वच्छ खानेपानीको पहँुंचमा ल्याइने बताउनुभयो ।

खानेपानीका क्षेत्रमा जिल्लामा भएको विगतको समीक्षा, प्रगति र भावी दिनका लागि गर्नुपर्ने रणनीति तयार गर्ने जिल्लामा पहिलो पटक सम्मेलन गर्न लागिएको हो । मन्त्री सिंहले जिल्ला सदरमुकाम मान्ममा बनेको खानेपानी ट्यांकी पनि उद्घाटन गर्नुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष चित्र सिंहका अनुसार जिल्लामा खानेपानीका क्षेत्रमा काम गर्ने विभिन्न निकायको पहलमा जिल्लाका ७५ प्रतिशत बासिन्दालाई खानेपानीको पहँुंचमा पु¥याइने योजना छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org