ताजा समाचार

स्थानीय चुनावपछि मात्र संविधान संशोधन अस्वीकार्यः मधेसी मोर्चा

काठमाडौं १७ फागुन। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनाव गरेर मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको छ ।

मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले समय लिएर भएपनि संशोधन पास नै गराउनु पर्ने भन्दै स्थानीय चुनावमा आउन आहृवान गरेका थिए ।
तर, लगतै बसेको मधेसी मोर्चाले बैठकले संविधान संशोधन नभएसम्म कुन पनि चुनावमा भाग नलिने बताएको छ । सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘भोलि हामी स्पष्टताका साथ प्रधानमन्त्रीलाई भन्छौं कि संविधान संशोधन विना कुनै पनि निर्वाचनमा भाग लिन्नौं र हुन पनि दिन्नौं ।’

मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्‍याउन पहल गर्ने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org