ताजा समाचार

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गर्ने सरकारको निर्णय

काठमाडौैं,१७ फागुन ।  सरकारले बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले अस्पताल स्थापनाको निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री गगन थापाका अनुसार प्रखर परोपकार मिसनले अस्पताल स्थापना गर्न २३ हजार स्क्वायरफिट जग्गा लिएर भवन समेत बनाएको थियो ।

साथै चालु आर्थिक वर्षको बजेटमा नै पश्चिमा क्यान्सर सेवा विस्तारका नाममा १० करोड दिने निर्णय समेत भएको थियो । तर, कांग्रेस नेता थापा स्वास्थ्यमन्त्री भएपछि यो अस्पताललाई सरकारको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गरे । र, हालै मात्र जग्गा र त्यहाँ बनेका भौतिक संरचना सरकारको नाममा आएको छ ।

मन्त्री थापाले भने, ‘पूर्वप्रधानमन्त्री सुशील कोइराला बाँकेकै भएको र क्यान्सरका कारण निधन भएका कारण उहाँको नाममा राखिएको हो । साथै सुरुवात प्रखर परोपरकार मिसनले गरेकाले प्रखरलाई पनि नाममा समावेश गरिएको हो ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org