ताजा समाचार

मन्जीवसिंह पुरी नेपालका लागि नयाँ भारतीय राजदूत

काठमाडौं । भारत सरकारले मन्जीवसिंह पुरीलाई नेपालको राजदूतका लागि सिफारिस गरेको छ। पुरीको एग्रिमोका लागि भारतले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

पुरी यसअघि बेल्जियमका लागि भारतीय राजदूत थिए। फेब्रुअरीमा उनको बेल्जियमको राजदूतको कार्यकाल सकिएपछि नेपालका लागि सिफारिश भएका हुन्।

सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका पुरी २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत बनेका थिए।
फेब्रुअरीमा रन्जित रेको कार्यकाल सकिएपछि नयाँ भारतीय राजदूत कसलाई बनाउने भन्ने अन्यौल थियो। नेपालको परराष्ट्र मन्त्रालयले पुरीको एग्रिमो पठाएपछि उनी नेपालको राजदूत बनेर आउने छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org