ताजा समाचार

पत्रकार महासङ्घ धनुषा अध्यक्षमा अनिल मिश्र पुनः विजयी

महेन्द्रनगर (धनुषा), १८ फागुन । नेपाल पत्रकार महासङ्घ धनुषाको अध्यक्ष पदमा अनिल मिश्र पुनःदोस्रो पटक निर्वाचित हनुभएको छ ।
मिश्रले ७० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नवलकिशोर यादवले ५६ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा धर्वेन्द्र झाले ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी वीरेन्द्र रमणले ५३ मत प्राप्त गर्नुभएको थियो भने उपाध्यक्षका अर्का उम्मेदवार घनश्याम मिश्रले ३५ र दीपेन्द्र सिंहले २६ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी महिला उपाध्यक्षमा मनिका झा, सचिवमा पुरण साह रौनियार, सहसचिवमा नवीन सिंह, समावेशी सचिवमा अकुल साह र कोषाध्यक्षमा अवधेश कामत निर्वाचित हुनुभएको छ भने महिला कोटाको सदस्यमा प्रतिभा झा मधेसी सदस्यमा फुलगेन मुखिया , जनजाति सदस्यमा अर्जुन मण्डल तथा खुल्ला सदस्यहरुमा नेहा झा, जयंत ठाकुर, नीरन्जन साह, बबलु चौधरी, दीपेश मल्लिक, गोविन्द महतो, चयन हुनु भएको छ ।

 

त्यस्तै  रसुवाको तेस्रो जिल्ला अधिवेशनले हेमनाथ खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्वाचन अधिकृत ऋषि अधिकारीका अनुसार उपाध्यक्षमा प्रेमप्रसाद पौडेल र महिला उपाध्यक्षमा अनु शर्मा, सचिवमा सीमा तामाङ, कोषाध्यक्षमा सूर्यबहादुर थोक्रा, सहसचिवद्वयमा प्रभाकर अधिकारी(खुला) र कमल तामाङ (समावेशी) रहनुभएको छ । त्यस्तै खुला सदस्यमा सरस्वती न्यौपाने, पूर्णिमा स्याङ्वा, विश्वास नेपाली, महिलातर्फ लक्ष्मी थापा मगर, दलिततर्फ झरना नेपाली र जनजातितर्फ कविता स्याङ्वा रहनुभएको छ ।

अधिवेशनले केन्द्रीय सभासद्मा बलराम घिमिरे, निराजन पौडेल, हरिप्रसाद गजुरेल, विजया तिवारी र दीपक लामा तथा
प्रदेश सभासद्मा राकेश लामा, ठाकुरप्रसाद अधिकारी, हिमनाथ देवकोटा, पविना स्याङ्वा, सरिता लामिछाने र कमला तामाङलाई
चयन गरेको छ ।
धादिङ– महासङ्घ धादिङको मङ्गलबार सम्पन्न आठौँ महाधिवेशनबाट बहुमतले नवराज छतकुली ९६ मत प्राप्त गरी पुनःअध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी पोषनाथ अधिकारीले ८९ मत प्राप्त गर्नुभएको थियो । कुल मतदाता एक सय ९४ रहेकामा एक सय ८७ जनाले मतदान गरेका थिए । नेपाल प्रेस युनियन र प्रेस सेन्टरबीच तथा प्रेस चौतारी नेपाल तथा प्रेस सोसाइटीबीच गठबन्धन भई चुनावी प्रतिस्पर्धा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org