ताजा समाचार

मुद्दाको अन्तिम टुंगो नलागेसम्म चन्द प्रहरी प्रमुख हुन नपाउने

 

काठमाडौं १८ फागुन । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यससँगै अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म चन्द प्रहरी प्रमुख हुने बाटो बन्द भएको छ ।

सरकारले फागुन एक गते वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको थियो । चन्द वरीयतामा नवराज सिलवाल र प्रकाश अर्यालपछि तेस्रो नम्बरमा थिए ।

अधिवक्ता कपिलदेव ढकालले वरियताक्रम मिचेर बढुवा गर्न नहुने भन्दै चन्द नियुक्त अघि नै रिट दायर गरेका थिए ।
डीआईजी नवराज सिलवालले पनि आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै अर्को रिट हालेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि सिलवालकै पक्षमा रहे पनि कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा चन्द आईजीपी नियुक्त भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org