ताजा समाचार

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं: मोर्चा संयोजक यादव

काठमाडौं । संघिय गठबन्धनका संयोजक समेत रहेका समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन आज भोलिमै फिर्ता लिने बताएका छन् ।

मधेस केन्द्रित दल अब आन्दोलनको तयारीमा लागेको भन्दै अध्यक्ष यादवले १/२ दिनमै समर्थन फिर्ताको पत्र बुझाउने तयारी भएको बताए ।

उनले संविधान संशोधन नभई कुनैपनि निर्वाचन हुन नसक्ने अडान दोहोर्‍याए । मधेसीसंग राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृति देखिएको जिकिर गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि धोकेवाज निस्किएको आरोप लगाए ।

संघिय मुलुकमा स्थानिय तहको निर्वाचन सम्बन्धित प्रदेशले गराउने सर्बमान्य सिद्धान्त भएपनि नेपालमा उल्टो बाटो हिँडन खोजिएको यादवको भनाइ छ ।

पहिले प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने भन्दै उनले कुनै संरचना नै तयार नभएको स्थानिय तहमा निर्वाचन हुनै नसक्ने दावी गरे   फरक प्रसंगमा अध्यक्ष यादवले नयाँ शक्ति पार्टीसंग सहकार्य भइरहेको भन्दै एकिकरण समेत हुनसक्ने जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org