चिठ्ठीपत्रभन्दा बैंकिङ कारोबार गर्दै हुलाक
इलाम । बढ्दो आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि जिल्ला हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थालेको छ । जिल्ला हुलाक कार्यालयअनुसार हुलाकले प्रदान गरेको बैङ्किङ सेवाबाट हालसम्म रु ६ करोड निक्षेप सङ्कलन भएको छ ।
न्यूनतम रु ५० देखि एक सयसम्म बचत गर्न मिल्ने सो सेवामा हालसम्म दुई हजारभन्दा बढीले खाता खोलेका कार्यालयले जनाएको छ ।
साधारण बचत खातामा तीन प्रतिशत र ज्येष्ठ नागरिक बचत खातामा चार प्रतिशत ब्याजदर दिने व्यवस्था रहेको जिल्ला हुलाक अधिकृत जुवालदास राईले बताउनुभयो ।
विसं २०३३ बाट बचत सेवा प्रदान गर्न थालेको कार्यालयले स्थायी कर्मचारीलाई आठ प्रतिशत ब्याजदरमा रु चार लाखसम्म ऋण लगानी गरेको छ । विसं २०२६ मा छोटी हुलाकका रूपमा स्थापना भएको हुलाक २०३२ सालबाट जिल्ला हुलाक कार्यालयका रूपमा सेवा दिइरहेको छ । हुलाकको बैङ्किङ सेवाप्रति विश्वास बढ्दै गएकाले बचत गर्नेको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको अधिकृत राईले बताउनुभयो । मोबाइल, इमेल इन्टरनेट, फेसबुकका कारण हुलाकमा चिठ्ठीपत्रको चाप घटेको हो ।
इलाममा एक जिल्ला, ११ इलाका र ४० अतिरिक्त हुलाक रहेका छन् । राईका अनुसार हुलाकमा अहिले दैनिक व्यक्तिगत चिठ्ठी थोरै मात्र आउने गरेका छन् । विगतभन्दा ४० प्रतिशतले चिठीपत्र आदानप्रदान घटेको कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...