ताजा समाचार

दाङमा स्थानीय चुनावको चहलपहल बढ्यो

 

दाङ, १९ फागुन । निर्वाचनको घोषणसँगै जिल्लामा निर्वाचनका लागि तयारीमा अधिकांश राजनीतिक दल आन्तरिक आन्तरिक तयारीमा लागेका छन् । जिल्लामा स्थानीय निकाय निर्वाचनको चहलपहल बढेकाले आम नागरिकमा उत्साह बढेको पाइएको छ ।

गाउँका राजनीतिकर्मी, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस हुन थालेको छ । जिल्लामा क्रियाशील नेपाली काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, राप्रपालगायतका सैब दलले चुनावी तयारीअन्तर्गत घरदैलो, विभिन्न समिति गठनदेखि जनतालाई जगाउने काममा लागेका छन् ।

बीस वर्षदेखि भोट हाल्न नपाएर पर्खिएर बस्नुपर्ने अवस्था अब अन्त्य हुने स्थानीय समाजसेवी दलवीर वलीले बताउनुभयो ।

स्थानीय निर्वाचनले जनप्रतिनिधि विहीन अवस्था अन्त्य हुने, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने बृद्ध रामबहादुर केसीको भनाइ छ ।

“स्थानीय तहको निर्वाचनको चहलपहल सुरु भइसकेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बताउनुुभयो ।
स्थानीय तहको निर्वाचन नै विकास र समृद्धिको आधार गाउँबाट सुरु हुने भएकाले सबै यो अभियानमा लागिसकेका छन् भन्नुहुन्छ सभापति खड्का ।

त्यसैगरी नेकपा ९एमाले० ले पनि चुनावी अभियानमा लागिसकेको जिल्ला अध्यक्ष टीकाराम खड्काको भनाइ छ । “हामीहरुले घरदैलो कार्यक्रम सुरु गरिसकेको छौँ चुनावका लागि जनतालाई जगाउने काम सुरु गरेका छौँ ” उहाँले भन्नुभयो, “विभिन्न स्थानमा कार्यकर्ता भेटघाट भ्रातृ सङ्घ सङ्गठनको गठन र प्रशिक्षण कार्यक्रम सुरु भइसकेको छ । ”

नेकपामाओवादी केन्द्रले पनि चुनावको तयारीका लागि विभिन्न स्थानमा भेटघाट, सङ्गठन विस्तारमा लागेको जनाएको छ । त्यस्तै राप्रपा पनि चुनावको तयारी गरेको उल्लेख गरेको छ ।
राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले दुई पार्टीको एकतापछि विभिन्न तहमा सङ्गठन निर्माणमा लागेको र चुनावको तयारीमा पार्टी होमिएको बताउनुभयो । हाल जिल्लाका विभिन्न स्थानमा चियापसल चौतारीमा समेत चुनावको वारेमा चर्चा परिचर्चा हुने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org