ताजा समाचार

देशभर निर्वाचनको वातावरण बनाऔँ : अध्यक्ष डा विष्ट

भक्तपुर, १९ फागुन । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले देशभर निर्वाचनको वातावरण बनाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

रफत सञ्चार क्लब, भक्तपुरमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देशमा निर्वाचन नजिकिँदै गरेको अवस्थामा पत्रकारले देशभर निर्वाचनको वातावरण बनाउनु पर्ने बताउनुभएको हो ।

संविधान कार्यान्वयन र निर्वाचनका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले पत्रकार महासङ्घले निर्वाचनका सवालमा सकारात्मक भूमिका खेलिरहेको चर्चा गर्नुभयो ।

उहाँले पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका लागि महासङ्घले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आफ्नो कार्यकालमा पत्रकारको स्वास्थ्य बिमा, ज्येष्ठ पत्रकार सम्मानलगायतका कार्य गर्न सफल भएको चर्चा गर्नुभयो ।

स्थानीय निकायको निर्वाचन नभए देश गम्भीर सङ्कटमा पर्ने उहाँले बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org