डिन्का र निउरबीचको जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त
सुडान (जुबा), १९ फागुन ।दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन् ।
यहाँका डिन्का र निउर जातिभित्र पनि विभिन्न उपजातिको समूह छ तर ती उपसमूहबीचमा समेत कहालीलाग्दो द्वन्द्व छ ।
सामान्यत खाइलाग्दा एवम् सुकिला, मानिस हेर्न सुडानको राजधानी जुबा आउनुपर्छ ।
“बलियाले निर्दोलाई हेप्ने र निर्दो व्यक्तिलाई थिचोमिचो गर्ने परिपाटी यहाँ पाइन्छ । मानवीयता, प्रजातन्त्र र मानवअधिकारको रक्षा भएको अनुभूति यहाँ पाइँदैन ।” नाइजेरियाका शैन्य समन्वय अधिकृत (कर्णेल) इशा मैनाले भन्नुभयो ।
झन्डै ६० जातिबीच कहालीलाग्दो द्वन्द्वमा अर्का जाति सिलुक र एजेन्डे आफ्नो अस्तित्व जोगाउन सकी नसकी युद्धको मोर्चामा सामेल भएको देखिन्छ । जातीय द्वन्द्वमा मुछिएका सबै वर्ग र समुदायबीच एकले अर्काको अस्तित्वलाई स्वीकार्नुभन्दा लत्याउनुलाई बहादुरी संझिनाले जातीय द्वन्द्वले सीमा नाघेको आभास हुन्छ ।
पहिले छुट्टै राज्य प्राप्तिका लागि डिन्का, निउर र अन्य जाति लगभग एकजुट भई सीमा नाकाका लागि अहिलेको सुडानसँग लडे । पछि ८ जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को पहलमा भएको जनमत संग्रहले छुट्टै राष्ट्रको मान्यता दिएपश्चात् जातीय युद्ध धार्मिक युद्धमा रुपान्तरण भयो ।
यहाँको कुल जनसङ्ख्या झन्डै एक करोड २० लाख पुगेकोे अनुमान छ । दक्षिण सुडान छुट्टै राष्ट्र भएपछि यहाँ राष्ट्रिय जनगणना समेत हुन सकेको छैन । सैनिक जनसम्पर्क निर्देशनालय, नेपालले दिएको जानकारीअनुसार त्यहाँ ४६ प्रतिशत क्रिश्चियन, ३२ प्रतिशत मुस्लिम र अन्य २२ प्रतिशत धार्मिक समुदाय छन् ।
झन्डै नेपालभन्दा चार गुणा ठूलो गणतान्त्रिक दक्षिण सुडान (आरएसएस)को कुल क्षेत्रफल छ लाख ४४ हजार ३२९ वर्ग किलोमिटर छ । पूर्वमा इथियोपिया, पश्चिममा गणतान्त्रिक अफ्रिका उत्तरमा सुडान र दक्षिणमा कङ्गो, युगान्डा तथा केन्या देश पर्छन् ।
दक्षिण सुडान लगभग दुई वर्ष धार्मिक युद्धले जर्जर भयो । अन्ततः सन् २०१३ देखि सुडानी जनता जातीयताको लडाइँमा लागिरहेका छन् । वर्तमान राष्ट्रपति सालबाके र अपदस्थ उपराष्ट्रपति रिग्माचारका लडाकु दस्ताबीच कटाक्ष युद्ध भइरहेको छ ।
राष्ट्रपति सालबाकेको सेना साउथ सुडनिज पिपुल्स लिवरेसन आर्मी (एसपिएलए) र रिग्माचारको सेना सुडनिज पिपुल लिवरेसन आर्मी इन अपोजिसन (एसपिएलए–आइओ) बीचको लडाइँमा हालसम्म एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १० लाखभन्दा बढी अशक्त र अपाङ्ग भई बाँच्न बाध्य छन् ।
एसपिएलए राज्यको सेना हो । राज्यबाट नियन्त्रित यो सेनाले भनेको समयमा पारिश्रमिक पाउँदैन । राष्ट्रपतिको सुरक्षाका लागि उनीहरु बफादार देखिए पनि जनताप्रति भने अलोकप्रिय देखिन्छ । जसकाकारण एसपिएलएका सेनालाई सडकमा देख्नासाथ स्थानीय जनता तितरवितर हुन्छन् ।
रिग्माचारको सेना सुडनिज पिपुल लिवरेसन आर्मी इन अपोजिसन (एसपिएलए–आइओ) का केही लडाकु र स्वतन्त्र जनता संयुक्त राष्ट्रसङ्घको शरणमा शरणार्थी क्याम्पमा रहेका छन् भने उवा, बोर र मालाकालमा गरी झन्डै दुई लाख २३ हजार सर्वसाधारण शरणार्थीको जीवन बिताउन बाध्य छन् ।
गाउँको अवस्था दयनीय छ । गाउँमा केटाकेटी र उमेरले डेक चल्न नसक्ने बूढाबूढी मात्र देखिन्छन् । केटाकेटीका बाबुआमा प्रायः गोठाला गएका हुन्छन् । कोही रातिको खानाको खोजीमा खोलामा माछा मार्न र जङ्गलमा तरुल र अन्य खाद्यवस्तुको खोजीमा लागेको देखिन्छ ।
अधिकांश सुडानी जनता एकछाक मात्र खाना खान्छन् । त्यो उनीहरुको बाध्यता हो । जमिन उर्वर छ । खेतीपाती गरिन्न । यहाँ खेतीपाती गर्नेको नगर्नेले लुट्ने चलन छ । चोरी गर्नु अपराध मानिन्छ तर लुट्नु र मार्नुलाई बहादुरी मान्ने चलन छ ।
सुडानी जनताको घरमा एक गेडा अन्न देखिएन । ‘पहिले पहिले खेती गर्दा अन्न हुन्थ्यो । तर लुट्ने क्रम ज्यादा भएपछि यहाँ खेती गर्न छाडिएको हो” – स्थानीय जोन बिदालले भने ।
जोन बिदाल राजधानी जुबा नजिक रहेको गाउँमा बस्छन् । उनको गाउँको नाम इस्टर्न गेट हो । उनको गाउँमा विद्यालय, स्वास्थ चौकी, प्रहरी विट, जनप्रतिनिधिमूलक कुनै निकाय छैन । असुरक्षाबीच मुस्किलले प्राण धान्न विवश त्यहाँका जनतालाई शान्ति सेनामा खटिएका नेपाली सेनाको पशुपति गणले पानीको व्यवस्था गरेको छ ।
साउथ सुडान अफ्रिकी महादेशमा पर्छ । नेपालबाट हवाई मार्ग हुँदै झन्डै ६ हजार ३५५ किमी टाढा रहेको यो मुलुकलाई संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा कान्छो मुलुकका रुपमा मान्यता दिएको छ । रासस (तस्बिर उपलब्ध छ)
Comments
अरु समाचार
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...